annapurna add

sp nawaraj news

कपिलवस्तुको कृष्णनगर नगरपालिका २, पिपलबोटबाट ७ किलो ५ सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन् । चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको लु १ ह १५७ नम्बरको टेम्पोमा सवार रोल्पा कुरेली गाउँपालिका–१ बस्ने सीता रोकालाई शंका लागि चेक गर्दा अफिम बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले कान्तिपथलाई बताए ।

उनको झोलामा प्लास्टिकको पोकापोका बनाएर अफिम राखिएको थियो । अटो चालक कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने सुशील क्षेत्रीलाई पनि पक्राउ गरेर अनुसन्धान थालिएको छ । अभियुक्तहरु पक्राउ परेको ठाउँदेखि सीमा क्षेत्र ७ सय मिटरमा पर्छ । असोज ७ गते सोहि ठाउंमा ३७ केजी अवैध लागुऔषध चरेससहित दुई महिला पक्राउ परेको एसपी अधिकारीले बताए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...