annapurna add

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ पर्नुभएको छ ।

घर्तीलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी सो परिमाणको गाँजा बरामद गरेको हो ।

घर्तीलाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याउने र गाँजाको धुलोलाई ल्याब परीक्षण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर