Hidden
जग्गाधनी बेल्जियममा : मालपोतका कर्मचारीले थानकोटको २० आना जग्गा बेचिदिए !
कलंकीका मालपोतका कर्मचारीले नै नक्कली जग्गाधनी बनाएर कागजपत्र कीर्ते गरी ठगी गरेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं टोखा नगरपालिका बस्ने दीपक दाहाल र नुवाकोट ककनी गाउँपालिका ८ घर भएका नारायण श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठ मालपोत कार्यालय कलंकीका नायव सुव्बा र दाहाल (तत्कालीन) शाखा अधिकृत हुन् ।
उनीहरुले मीना खड्काको नामको थानकोटमा रहेको २० आना जग्गाको नक्कली जग्गाधनी र कागजपत्र बनाएर ७२ लाख रुपैयाँ ठगी गरेको परिसरका डिएसपी प्रवेश विष्टले जानकारी दिए। वास्तविक जग्गाधनी भने बेल्जियममा छिन् । मालपोत अधिकृत र नासु मिलेर नक्कली धनी खडा गरेर २०७६ पुस २३ गते लिखत पारित गरेको फेला परेको हो ।
केही समयमा वास्तविक जग्गाधनीले थाहा पाएपछि मालपोत कार्यालय कलंकीमा रहेको मोठ (जग्गाधनी दर्ता श्रेष्ता) सच्याई (केरमेट गरी) नामसारी बदर गरी मीना खड्काकै नाममा जग्गा कायम भएको अनुसन्धानमा देखिएको छ । अधिकृत दाहालले पीडितलाई बोलाई राजीनामा लिखत र जग्गाधनी पूर्जा फिर्ता लिई आफैंले राखेको खुलेको छ ।
प्रकासित मिति