पीसीएल नर्सिङ पढाउन १ सय बेडको अस्पताल अनिवार्य

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठनका लागि एक सय बेडको अस्पताल अनिवार्य गर्ने निर्णय गरेको छ। सय बेडको आफ्नै अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले पनि अनुमति दिइसकेको छ।

अब एक सय बेडको अस्पताल सञ्चालन नगरेका शिक्षण संस्थाले पीसीएल नर्सिङको पढाई गर्न नपाउने सीटीईभीटीले जनाएको छ। सीटीईभीटीका अध्यक्षसमेत रहेका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षमा केही दिनअघि बसेको सीटीईभीटीको बैठकले मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई मात्रै पीसीएल नर्सिङको भर्ना खुला गर्न दिने निर्णय गरेको छ।

परिषद्को निर्णयसँगै अब स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिए। सीटीईभीटीका आंगिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ। Photo: Edusanjal

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..