४ दिने जोखिमपूर्ण पैदल यात्रापछि छाङरु पुग्यो जनगणना टोली

भारतले बाटो नदिएपछि जनगणना टोली आफ्नै भूमिबाट चार दिन जोखिमपूर्ण पैदल यात्रा गरी दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु पुगेको छ। जनगणना कार्यालय (दार्चुला) का प्रमुख पदमराज पाण्डेका अनुसार जनगणना टोली सोमबार दिउँसो छाङरु पुगेको हो।

जिल्ला प्रशासन कार्यालय (दार्चुला) ले कात्तिक २५ र ३० गते जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन भारतको धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो। भारतीय प्रशासनले बाटो बिग्रिएको बहाना बनाउँदै अनुमति दिएन। अन्य मानिसलाई भने त्यो बाटो हिँड्न दिएको थियो।

त्यसपछि शुक्रबार सदरमुकाम खलंगाबाट जनगणना टोली आफ्नै भूमिको नेपाली बाटोबाट छाङरु र तिंकरका लागि प्रस्थान गरेको थियो। करिब ४ दिनको जोखिमपूर्ण पैदल यात्रापछि सोमबार मात्रै टोलीले छाङरु पुगेको हो।

छाङरुबाट तिंकर करिब ११ किलोमिटरको दूरीमा छ। तिंकरमा ४० परिवारको बसोबास छ। तीन सदस्यीय जनगणना टोलीमा रहेका गणक बाटो कठिन हुनाले हिँड्न नसकेर दुम्लिङबाट सदरमुकाम खलंगा फर्केका थिए।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..