सीलाई माओ र देङ बराबर कै हैसियत, तेस्रो कार्यकालको आधार तय

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले पारित गरेको संकल्पले राष्ट्रपति सी चिनफिङलाई माओ त्सेतुङ र देङ स्याओपिङकै हैसियत प्रदान गरेको छ। यसले उनको तेस्रो कार्यकालको आधार पनि तयार गरेको छ।

पार्टीको इतिहासमा माओ र देङपछि तेस्रो संकल्प पारित गरिएको हो। सो दस्तावेजले सीका ‘गहन विचार’ र ‘महत्वपूर्ण सिद्धान्तहरु’ को प्रशंसा गर्दै उनका उपलब्धिहरुलाई सूचीबद्ध गरेको छ। जसमा हङकङमाथिको नियन्त्रण र भ्रष्टाचारविरुद्धको अभियानलाई पनि सामेल गरिएको छ।

सीलाई ‘सिद्धान्त र विचारका सर्जक’ भन्दै उनलाई माओ र देङकै हैसियत दिइएको छ। उनलाई राजनीतिक नेतृत्वका रुपमा मात्र नभई विचारधारात्मक नेतृत्वको रुपमा समेत प्रस्तुत गरिएको छ। सीका सिद्धान्तहरु २१ औँ शताब्दीको मार्क्सवादी–लेनिनवादी सिद्धान्त र चिनियाँ संस्कृति तथा मनोभावको मिश्रणबाट तयार भएको र त्यो पार्टी तथा मुलुकको कायकल्पका लागि महत्वपूर्ण रहेको उल्लेख छ।

चार दिने पूर्ण बैठकपछि बिहीबार जारी वक्तव्यमा पार्टीको सय वर्षे इतिहासका उपलब्धि र चुनौतीहरुको सारसंक्षेप प्रस्तुत गरिएको छ। त्यसमध्ये ठूलो हिस्सा २०१२ को अन्त्यमा सी सत्तामा आएपछि प्राप्त प्रगतिको चर्चा गर्नमा खर्चिइएको छ।

वक्तव्यमा माओ, देङ, ज्याङ जमिन, हु जिन्ताओ र सीका समेत सबै नेताहरुको नाराहरुलाई स्थान दिइएको छ। तर, आफ्नो नाममा सैद्धान्तीकरण भने माओ, देङ र सीको मात्र भएको छ। वक्तव्यमा माओको नाम ७ पटक लिइएको छ। देङको ५, जियाङ र हुको एकएक र सीको नाम १७ पटक उल्लेख छ। पार्टीको २० औँ राष्ट्रिय कंग्रेस अर्को वर्ष गर्ने निर्णय पनि केन्द्रीय समितले गरेको छ। सो कंग्रेसले पार्टीको नेतृत्वमा व्यापक परिवर्तन गर्नेछ। तर, प्रमुख नेताका रुपमा तेस्रो कार्यकालका लागि सी कायम रहने लगभग निश्चित छ। एससीएमपी ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..