एमाले जिल्ला अध्यक्ष निर्वाचन: द्वारिकलाललाई १०० भोट कटाउन धौधौ !

  • 4 days अगाडि

सुनसरीमा नेकपा (एमाले) को जिल्ला नेतृत्व चयनका लागि मत गणना जारी छ । अध्यक्षका लागि रेवती भण्डारी, खेमराज पोख्रेल र द्वारिकलाल चौधरी गरि तीन जना प्रतिष्पर्धामा छन् ।

कुल १८ सय मतदाता रहेको सुनसरीमा अहिलेसम्म १३ सय मत गनिसक्दा भण्डारीले अध्यक्षमा अग्रता लिएका छन् । उनले ६ सय ५३ मत प्राप्त गरेका छन् । पोखरेलले ५ सय ६२ मत प्राप्त गरेका छन् ।

इटहरीका मेयर समेत रहेका चौधरीले भने सय मत समेत कटाउन सकेका छैनन्। उनले ७१ मत प्राप्त गरेका छन् । यसअघि पनि एक पटक जिल्ला अध्यक्ष भइसकेका चौधरीले प्राप्त गरेको मत अस्वभाविक देखिन्छ । विवादास्पद अभिव्यक्तिका कारण उनि बेला बेला चर्चामा आउने गरेका छन् ।