बार्बाडोसबाट हट्यो इलिजावेथ द्वितीयको शासन: बन्यो कान्छो गणतन्त्रात्मक मुलुक

  • 2 months अगाडि

बार्बाडोस विश्वको कान्छो गणतन्त्रात्मक मुलुक बनेको छ। बार्बाडोसले मंगलबार आफ्नो पहिलो राष्ट्रपति छान्दै राष्ट्रप्रमुखबाट बेलायती महारानी इलिजावेथ द्वितीयलाई हटाएको हो। यो मुलुकले करिब ४०० वर्षदेखिको बेलायतसँगको उपनिवेशको सम्बन्ध पनि तोडेको छ।

सान्द्रा मासोन बार्बाडोसको नयाँ राष्ट्रपति बनेका हुन्। राष्ट्रपति बनेसँगै उनले भनेका छन्, ‘हामीले यो मुलुकको भविष्य निर्माण गर्नु छ। हामी एकअर्का र हाम्रो मुलुकका रक्षक हौं।’ गणतन्त्र घोषणा कार्यक्रममा बेलायती राजकुमार प्रिन्स चार्ल्स पनि उपस्थित थिए। उनले महारानीको सन्देश सुनाउँदै बार्बाडोस गणतन्त्र बन्नु नयाँ सुरुवातको मौका दिएको बताए। उनले कहालीलाग्दो अतीतबाट आएर अहिले बार्बाडोसका नागरिकले आफ्नो बाटो आफैं तय गर्न सक्षम भएको बताए। ५५ वर्षअघि बार्बाडोस स्वतन्त्र मुलुक बनेको थियो।

१९९२ मा मौरिससले पनि इलिजावेथलाई आफ्नो राष्ट्रप्रमुखबाट हटाउने निर्णय गरेको थियो। अझै पनि अष्ट्रेलिया, जमैका, क्यानडालगायत १५ मुलुकले इलिजावेथलाई आफ्नो राष्ट्रप्रमुख मान्दै आएका छन्।