“कुर्सी तानातान्” सार्वजनिक (भिडियो सहित)

नेपाली लोक दोहोरी गीतहरुले समग्र बजार तताइरहेको बेला राजनितिको तरंग पनि उत्तिकै छ । कोभिड १९ को त्रास एकातिर छदै छ तर पनी कलाकारहरूले सुरक्षित तवरबाट आफ्नो दर्शक श्रोताहरुको लागि नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।

यसै क्रममा गायक राजेश बर्देवा र नेपाल आइडल बिजेता रबि ओडले समसामयिक बिषय वस्तुलाई समेटेर नयाँ गीत “कुर्सी तानातान” सार्वजनिक गरेका छन् ।

रवि ओड, राजेश वर्देवा साथै विपना अधिकारी र रेजिना परियारको आवाज रहेको उक्त गीतमा शब्द रचना प्रतिभा चापाई तथा एल.पी. धमलाको रहेको छ। “कुर्सी तानातान” गीतमा राजेश बर्देवाको संगीत तथा एरेन्ज ररहेको छ।

शिला क्षेत्रीको निर्देशन रहेको भिडियोलाई अनिल विष्ट (प्यूठानी) ले छायांकन र सम्पादन गरेका हुन् । यस गीतलाई बिपना अधिकारीको युटुब च्यानलबाट सार्वजनिक लगरिएको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..