annapurna add

ad ven

प्रसिद्ध संगीतकर्मी एडी भान हालनको निधन भएको छ । चर्चित गितारवादक तथा प्रशिद्ध रक ब्याण्ड भान हालनका संस्थापक एडीको ६५ वर्षको उमेरमा क्यान्सरका कारण निधन भएको उनका छोराले निधनको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनका छोला वुल्फग्याङ्गले सामाजिक सञ्जालमा पिताप्रति सम्मान प्रकट गर्दै एडी उत्कृष्ट पिता रहेको बताएका छन् ।

एडी घाँटीको क्यान्सरसँग लडिरहेका थिए । उनको ब्याण्ड भान हालन जम्प गीतका लागि चर्चित छ । सो गीत सन् १९८४ मा अमेरिकी चार्टमा शीर्ष स्थानमा पुगेको थियो । भान हालनको मंगलबार क्यालिफोर्निया स्थित सेन्ट जोन्स हस्पिटलमा निधन भएको हो। उनको निधनका बेला परिवारका सदस्य उपस्थित रहेको टिएमजेडले उल्लेख गरेको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार