Hidden
अमिताभ बच्चनले मागे माफी
भारतीय फिल्म उद्योगमा महानायकका ख्याति पाएका अमिताभ बच्चनले एकजना फेसबुक प्रयोगकर्तासँग लिखित माफी मागेका छन् ।
आफ्नो फेसबुक तथा ट्विटर ह्याण्डलबाट टिशा अग्रवाल नामकी एक महिलासँग अमिताभले माफी माग्नु परेको हो ।
प्रसंग केही दिन अघिको हो। अमिताभले आफ्नो फेसबुक तथा ट्विटर ह्याण्डलबाट एउटा कविता पोस्ट गरेका थिए ।
अमिताभको त्यो पोस्टको कविताले वाहवाही पायो। तर वाहवाहीको प्रसङ्ग चलिरहँदा नै टिशा अग्रवाल नामकी महिलाले उक्त कविता आफ्नो भएको दाबी गर्दै अमिताभले कविता पोस्ट गर्दा आफ्नो नाम उल्लेख नगरेको गुनासो पोखिन् । उक्त पोस्टले टिशा रातारात चर्चित भइन्।
टिशाको त्यो पोस्ट भाइरल बन्यो। अमिताभ माथि अनेकौं आरोप लागे। आरोप लाग्नुको प्रमुख कारण भने अमिताभले यसअघि आफ्ना पिताको कविताका निम्ति गरेको क्षुद्र व्यवहार थियो। अमिताभ पर्दाका नायक हुन् र उनको यस क्षुद्रताले उनी फगत पर्दाका नायक मात्रै हुन् भनेर प्रमाणित भएको धेरैले आरोप लगाए ।
धेरैले केही वर्ष अघिको कुरा पनि दोहोराए ।
प्रकासित मिति