annapurna add

काठमाडौँ । नेपाली नारीमाथि अश्लिल शब्द प्रहार गर्दै नेपालीको अपमान गर्ने बलिउड अभिनेत्री अनुष्का शर्मा विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

Anushka Sharmaअनुष्का शर्मा निर्मित वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै उनी विरुद्ध मुद्दा दर्ता गरिएको हो । उक्त वेब सिरिजले नेपाली भाषीहरुको अपमान भएको भन्दै यतिबेला विश्वभरबाट अनुष्का शर्माको चर्को आलोचना भएपछि प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोगमा मुद्दा दर्ता गरएको हो ।

यतिबेला अनुष्काको विरोधमा नेपाली नायिकाहरु पनि खरो रुपमा उत्रिएका छन् । भारतका विभिन्न प्रान्तमा रहेका गोर्खा समाज आक्रोशित बनेका छन्। शर्मा विरुद्ध दिल्ली बस्दै आएकी दार्जिलिङ निवासी अञ्जनी शर्माले पनि मानव अधिकार आयोग र दिल्लीको साइबर क्राइममा सोमबार मुद्दा दायर गरेकी छन्।

अञ्जनीले ‘पाताल लोकमा नेपालीभाषी महिलामाथि जुन प्रकारको शब्द प्रयोग गरिएको छ, त्यो अत्यन्त निन्दनीय भएको बताएकी छन् । अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने तथा बेव सिरिजबाट उक्त दृश्य र संवाद हटाउनुपर्ने माग गरिएको छ ।

मे १५ का दिन रिलिज भएको अमेजन प्राइमको वेब सिरिज पाताल लोकमा पूर्वोत्तर भारतको एक जनजाति महिलालाई ‘नेपाली वेश्या’को रूपमा देखाउन खोजिएको छ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर