दोस्रो सिजनको ‘कमेडी च्याम्पियन’ बने भरतमणि पौडेल

रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करणको उपाधि भरतमणि पौडलले जितेका छन्। विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जितेका हुन्।

च्याम्पियनको फाइनलमा ताप्लेजुङका पौडेल, सिक्किमका अग्रवाल र गोरखाका थापाबीच प्रतिस्पर्धा भएको थियो। भोटिङमार्फत् भएको छनोटमा दुई प्रतिस्पर्धिलाई उछिन्दै पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वयुवराज पारस शाहजस्ता लोकप्रिय पात्रको क्यारिकेचर गरेर निकै चर्चामा आएका पौडेल विजेता घोषित भए।

उपाधिसँगै उनले २५ लाख र कार पुरस्कार पाएका छन्। सिक्किमका स्टेजहरूमा लोकप्रिय रहेका अग्रवाल च्याम्पियनको फस्ट रनर–अप बने। उनले भारत र नेपाल दुबैतिरका दर्शकको भोट पाए पनि उपाधि जित्न सकेनन्।

तेस्रो स्थानमा सन्तोष थापा रहे। अग्रवालले टीभीए अपाचे बाइक पुरस्कार पाएका छन् भने तेस्रो बनेका थापाले टीभीएसकै स्कुटर पुरस्कार पाएका छन्।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..