फेरि फुल्नेछन पारिजात र गुलमोहर : भावना शाह

कोलाहलले मच्चिएको शहर
भय र त्रासमा डुबेका मान्छे
झर्नै लागेको निलो आकाश
मुर्झाइ रहेका गुलमोहर र पारिजात
आत्मा, हाड, मासु छुट्टीएका शरीर ।

एउटा अस्पताल को कुना मा मौन छु म
पाइताला कुँजिएका छन्
सास अडकिएको छ
जिब्रो काटिएको छ
शरीर लाचार छ
तरपनि चलायमान छ्न, दाइने हातका दुई औँला
कर्तव्य निष्ठापुर्वक प्रतिज्ञा गरेका छ्न
आफ्नो कर्म अझै छाडेका छैनन
सरकार जस्तो, व्यभिचारि छैनन।

सायद केही समय पश्चात्
म पनि मरेर जानेछु
तर यो कदपी नसोच्नु
म यो बर्बरता,
यो निरंकुशता,
बाट भागेर गए
लाग्न सक्ला,
म संगै प्रेम मर्यो
त्याग मर्यो
बलिदान मर्यो
कोमल इतिहास मर्यो
संघर्ष सकियो
तर, यो कदापि होइन।

मेरो मृत्यु प्रेरणा हुनेछ
व्यक्ति मर्छ, विचार मर्दैन
मेरो मृत्यु एक प्रश्न हुनेछ
चेतावनी हुनेछ।

लासले छोपेर सत्य लुक्दैन
निरंकुशताले सबै कुरा मार्न सक्दैन
यसले हजारौं साहित्य जन्माउने छ
बिद्रोह जन्माउने छ,
हविब, फेज जस्ता कवि जन्मिनेछन
विचार जन्मनेछ्न
तानाशाह विरुद्ध मुट्ठी कस्ने
योगमाया, भगत सिंह जस्ता सन्तान जन्मीनेछन
मातृत्वभावको अनुभुती गराउने
पेलागेया निलोभ्ना जस्ता आमा
जन्मीनेछ्न।

हो,
नयाँ युग जन्मीनेछ
नयाँ पालुवा पलाउने छ
फेरि फुल्ने छ पारिजात
गुलमोहर फेरि मगमगाउने छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..