annapurna add

चर्चित गायक एबं सर्जक बिमलराज क्षत्रीको नयाँ गीत “जाम हिड धनगडी, सुवा हुँदैन गडबडी” को छायांकन सम्पन्न भएको छ ।

bimal asha chet raja 1536x864यस गीतमा बिमलराज क्षत्रीको स्वर रहेको छ भने उनकै धर्मपत्नी टिका कुमारी क्षत्रीले स्वरमा साथ दिएकी छिन् ।

सो गीतलाई जिवन बडुले एरेञ्ज गरेका हुन् । यस गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायांकन गरिएको छ ।

अहिले सोही गीतको भिडियो सम्पादन कार्य भईरहेको कुरा निर्माण पक्षले जानकारी गराएको छ । सोही गीतको भिडियोलाई दिलिप ओखेडाले निर्देशन गरेका हुन् भने ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा चर्चित कलाकार चेत बहादुर सिंह राजा, चर्चित नायिका तथा मोडल आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेलको अभिनय रहेको छ ।

यस गीतलाई पक्कै पनि बिगतका गीतहरुलाई झै माया गरिदिनका लागी गायक बिमलराज क्षत्रीले अनुरोध गर्दै केही दिनमा भिडियो सार्वजनिक हुने जानकारी गराएका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...