annapurna add

28boseman obit articleLarge

बलिउड अभिनेता चाडविक बोजम्यानको निधन भएको छ। चलचित्र ब्ल्याक प्यान्थरमा निर्वाह गरेको भूमिकाका कारण लोकप्रिय बनेका अभिनेता बोजम्यानको ४३ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको अमेरिकी सञ्चामाध्यमले उल्लेख गरेका छन्। ‘ब्ल्याक प्यान्थर’ चलचित्रमा निभाएको ‘टी’चाला’को भूमिकाका लागि बोसमनको निकै प्रशंसा भएको थियो ।

बोजम्यानको क्यान्सरका कारण निधन भएको हो । लस एन्जलस स्थित घरमा उनको निधन भएको जनाइएको छ। बोजम्यानले धेरै उत्कृष्ट चलचित्रमा काम गरेका छन्। तर सन् २०१८ को ब्लकबस्टर ब्ल्याक प्यान्थरले उनको चर्चा शिखरमा पुर्‍यायो।

ओस्कारमा सर्वोत्कृष्ट चलचित्रका लागि मनोनयनमा पर्ने पहिलो सुपरहिरो चलचित्र थियो ब्ल्याक प्यान्थर। अरु ६ बिधामा पनि सो चलचित्र मनोनयनमा परेको थियो। त्यस्तै ‘क्याप्टेन अमेरिकाः सिभिल वार’, ‘फोर्टी टु’, ‘एभेन्जर्सःइनफिनिटी वार’ लगायतका चलचित्रमा उनले भूमिका निभाएका छन् ।

 

 

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर