छक्का पन्जा २ को टीजर सार्वजनिक

असोज ११ गतेबाट अल नेपाल रिलिज हुन लागेको गएको वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा’को नेम सिक्वेल ‘छक्का पन्जा २’ को टीजर सार्वजनिक भएको छ । टीजरमा फिल्मका दुई मुख्य कलाकार बुद्धि तामाङ र दीपकराज गिरी देखिएका छन् ।

 

टीजरमा हेमन्त रानाको स्वरमा रहेको ‘सुन साइँली’ बोलको गीत समावेश छ । ‘साइँली गीत’ सुन्दै बुलेट बाइकमा बुद्धि तामाङ र दीपकराज गिरी हुकिँएका छन् । 

 

बुद्धिले राजा उर्फ दीपकराज गिरीसँग सोध्छन्,’एउटा कुरा सोधु राजा ।’ दीपकराज गिरी भन्छन्, ‘भन् ।’ बुद्धि प्रश्न गर्छन, ‘यो साइँलीको पोइले त साह्रो टेन्सन पो दियो त हौउ । फेसबुक तिर जताततै ४० कटेसी फर्किएर आएर गाउँमा रमाउला पो भन्दैछन् त हौउ ?’ बुद्धिको प्रश्नको उत्तर दिँदै दीपकराज भन्छन्, ‘भनेर के भयो त्यो चालिस कटेपछि रमाउन्या हो त्योभन्दा अगाडि त मैले घुमाउन्या हो ।’ बुद्धि, ‘हैट । राजा त अहिलेसम्म सुध्रेको छैन कि क्या हो ?’ दीपकराज भन्छन्, ‘म सुध्रेको नसुध्रेको थाहा पाउन असोज ११ गते था’पाउन्या छ ।’ 

Kantipath Media

यो छुट्टाउनु भो कि..