करणको पीडा छल्कियो, मेरो माया अर्कोसँग विवाह…..

मुम्बई – चलचित्र निर्माता करण जोहर पनि प्रेममा असफल भएका व्यक्ति हुन् । उनले यही पीडा आफ्नो चलचित्रबाट देखाउन गर्छन् । एउटा कुराकानीमा करणले बताएका थिए कि उनलाइई ‘सुखी’ परिवार देखेर कति इश्र्या हुन्छ ।

karan min

करणले भनेका थिए, ‘मानिसहरु मलाई हिन्दी चलचित्र नाटकीय हुन्छ । तर, उनीहरु यो भन्दैनन् कि वास्तविक जीवन पनि कति नाटकीय हुन्छ भनेर ।’

‘म विवाहको मण्डपमा बसिरहेको थिए, त्यति नै बेला मेरो माया अर्कोसँग विवाह गरिरहेको थियो’ उनले भने, ‘जब यस्तो कुरा तपाईंको जीवनमा हुन्छ तपाईंलाई लाग्छ तपाईं कहिले पनि माथि उठ्न सक्नुहुन्न ।’

‘कुछ कुछ होता हे’, ‘कभी अलविदा न कहना’, ‘ए दिल हे मुस्किल’ जस्ता आफ्नो चलचित्रमा करण आफ्नै जीवन देख्ने बताउँछन् ।

जब करणलाई ‘तपाईं गरिब भएर साँचो माया पाउन चाहनुहुन्छ कि धनी भएर एक्लै ?’ भन्ने प्रश्न सोधिन्छ, उनी भन्छन्, ‘साँचो माया अहिले टाढाको कुरा हो । अब मात्र लालसा बाँकी रहेको छ । त्यही भएर मलाई धनी भएर एक्लै बस्न मन छ ।’ एजेन्सी 

Kantipath Media

यो छुट्टाउनु भो कि..