annapurna add

अस्ट्रेलियाकी चर्चित अभिनेत्री पोर्न क्षेत्रमा प्रवेश गर्ने भएकी छिन् ।

Capture 1232टिभी शो नेबर्स, रेइन लगायतबाट चर्चित भएकी अभिनेत्री केटलिन स्टेसीले आफू निर्देशकको रुपमा पोर्न फिल्ममा प्रवेश गर्न लागेको बताएकी छिन् ।

उनले २०२० मै पोर्न फिल्म उद्योगमा करिअर सुरु गर्ने तयारी गरेकी थिइन् तर कोरोनाभाइरस महामारीका कारण उनको योजना पछि सरेको थियो ।

सेभेन न्यूज अस्ट्रेलियाका अनुसार स्टेसीले २००५ देखि २००९ सम्म टिभी शो नेबर्सबाट निकै लोकप्रियता हासिल गरिरहेकी थिइन् । अस्ट्रेलियाको यो शोमा स्टेसीले रेचल किंस्कीको भूमिका निभाएकी थिइन् ।

स्टेसीले पोर्नोग्राफी करिअर सुरु गर्न लागेको विषयमा कुरा गर्दै भनिन् ‘कोरोनाकालमा फिल्म सुटिङ गर्नु असम्भव नै थियो यद्यपि हामीले फेब्रुअरीमा सुटिङ गर्ने तयारी गरेका थियौं तर लगत्तै सबै कुरा खराब हुन थाल्यो ।’

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...