annapurna add

Worlds hottest gran shares the secrets behind her youthful looksगिना स्टेवार्टले आफू हजुरआमा भएको बताउँदा मानिसहरुले विश्वास गर्दैनन् । उमेरलाई चुनौती दिने यी मोडल संसारकै हट हजुरआमाको रुपमा चिनिन्छिन् ।

उनलाई देखेर उनी ५० वर्षकी हुन् भन्ने विश्वास लाग्दैन । पछिल्लो पोस्टमा त उनी स्कुले केटीजस्तै देखिएकी छिन् । मिनिस्कर्टमा उनको यो फोटोमा फ्यानहरुको लाइकको ओइरो लाग्यो ।

गिनाले डेलीस्टारसँग कुरा गर्दै आफ्नो यो लुकका केही रहस्य खोलेकी छिन् । उनले शारीरिक अभ्यास र स्वस्थ खानाजत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हुने बताएकी छिन् ।

उनले भनिन् ‘म यसमा मस्तिस्कको शक्ति पनि उत्तिकै हुन्छ भन्ने विश्वास गर्छु । दिमागमा शान्ति कायम गर्नु, कुन कुराले मलाई तनाव दिन्छ भन्ने कुराको पहिचान गर्नु र त्यो तनाव सकेसम्म कम गर्दा पनि स्वस्थ र सुन्दर रहन सकिन्छ ।’

प्रकासित मिति

Loading...
Loading...

 

Loading...