annapurna add

meghan lede 1300x866

गत वर्ष ह्यारी र उनकी श्रीमती मेघन मर्कलले राजकुमार र राजकुमारीको पदवी बेलायतको राजदरबारमा छाड्ने घोषण गरेका थिए । लगत्तै अमेरिका हानिएका पूर्व राजकुमार ह्यारी र मेघनले आफूहरूलाई हलिवुडमा प्रवेश गराउने भएका छन् । उनीहरूले नेटफ्लिक्ससँग करार सम्झौता समेत गरिसकेका छन् ।

राजदरबारको शान सौकात छाडेर उनीहरू क्यालिफोर्नियामा बस्दै आएका छन् । गत बुधबार जीवनको नयाँ करियरको घोषणा गर्दै ह्यारी र मेघनले आफूहरू नेटफ्लिक्सको लागि अडियो भिजुअल सामाग्री बनाउने कम्पनीको निर्माता (प्रड्युसर) बन्न लागेको बताएका थिए । हालसम्म नाम सार्वजनिक नगरिएको उनीहरूको प्रडक्सन कम्पनीले चलचित्र, सिरियल, वृत्तचित्र र बालबालिकालाई उपयोगी हुने टेलिभिजन कार्यक्रमहरू बनाउने बताइएको छ ।

बेलायतको शाही परिवारको ठाँटिलो औपचरिक सम्बन्धलाई चटक्कै छाडेर अर्कै दुनियाँमा छिरेका उनीहरूले नेटफ्लिक्ससँग रहेको विश्वको १९ करोड ३० लाख ग्राहकसहितको विशाल प्लेटफर्म पाउने बताइएको छ । उनीहरू दुबैजना केही वृत्तचित्रमा भने देखापर्नसक्ने बताइएको छ ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...