annapurna add

jaslynधेरै मानिसहरु आफ्नो सुन्दरता बढाउनका लागि शरीरका केही हिस्साको प्लास्टिक सर्जरी गराउँछन् तर कहिलेकाँही प्लाष्टिक सर्जरीको नकारात्मक असर पर्नसक्छ र अनुहार पहिले पनि भद्दा र खराब देखिन सक्छ ।

यद्यपि, मेक्सिकोकी एक इन्स्टाग्राम मोडलको प्लाष्टिक सर्जरी यति खराब भयो कि उनको मृत्यु नै भएको छ ।

३० वर्षकी जसलिन क्यानोलाई मेक्सिकोकी किम कार्दासियन पनि भनिन्छ । क्यानो मोडलका साथै एक स्विमसुट डिजाइनर पनि थिइन् । 

‘बट लिफ्ट’ भनिने यस्तो खालको शल्यक्रियामा क्यानोको पेटबाट बोसो निकालेर उनको नितम्बमा राखिँदै थियो । 

क्यानोको परिवारले आफ्नो तर्फबाट अहिलेसम्म मृत्युबारे कुनै आधिकारिक पुष्टि गरेका त छैनन् तर उनकी सहयोगी मोडल लिर मार्सरले ट्वीटरमा यसबारे जानकारी दिइन् । 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...