annapurna add

KPKT tiktok

प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट खोलेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि टिकटक एकाउन्ट खोलेका छन् । पछिल्लो समय युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । हाल एउटा मात्र भिडियो पोष्ट भएको छ । पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ ।

यसैबीच, राप्रपा अध्यक्ष थापाले पनि टिकटक अकाउन्ट खोलेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत थापाले आफूले पनि टिकटक अकाउन्ट सञ्चालनमा ल्याएको जानकारी गराएका हुन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा समाचार