Hidden
कंगनाविरुद्ध राजद्रोहको मुद्दा
पछिल्लो समय एकपछि अर्को गर्दै विवादमा आइरहेकी बलिउड अभिनेत्री कंगना रनवत थप अर्को विवादमा मुछिएकी छन्।
शुक्रबार कंगनालाई बान्द्रा पुलिस स्टेशनमा उपस्थित गराइएको छ। जहाँ उनीमाथि समाजमा घृणा फैलाउने र देशद्रोहको मुद्दामाथि सोधपुछ भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
केही समयअघि बान्द्र प्रहरी चौकीमा कंगनाविरुद्ध देशद्रोहको र ट्वीटमार्फत समाजमा घृणा फैलाएको आरोपमा मुद्दा दर्ता भएको थियो।
कंगनाका दुई बहिनीले हिन्दू–मुस्लिमको नाममा वातावरण बिगारेको आरोप लगाउँदै कास्टिंग निर्देशक साहिल सईदले लगाएका हुन्। उनलाई देशद्रोहको मुद्दामा मुद्दा चलाइएको छ।
प्रहरी चौकी जानुअघि कंगनाले समाजिक सञ्जालमा भए भिडियो सार्वजनिक गर्दै आफूलाई विनाकारण दुःख दिइरहेको बताएकी छन्।
भिडियो सेयर गर्दै उनले क्याप्सनमा लेखेकी छन्, ‘किन मलाई मानसिक, भावनात्मक र अव शारीरिक रुपमा पीडा दिने काम भइरहेको छ? मलाई यस राष्ट्रले जवाफ दिनुपर्छ। म तपाईंका लागि लडेकी थिएँ, वा समय भएको छ तपाईं मेरालागि उठनुहोस्।’
Why am I being mentally, emotionally and now physically tortured? I need answers from this nation.... I stood for you it’s time you stand for me ...Jai Hind 🙏 pic.twitter.com/qqpojZWfCx
— Kangana Ranaut (@KanganaTeam) January 8, 2021
प्रकासित मिति