करण जौहर बने जुम्ल्याहा बच्चाको बाबु !

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहर जुम्ल्याहा बच्चाको पिता बनेका छन् । अहिलेसम्म विवाह नै नगरेका करण कसरी जुम्ल्याहा बच्चाको पिता बने भनेर छक्क परिरहनुभएको छ होला, खासमा उनले ती बच्चाहरु सेरोगेसीको माध्यमले जन्माएका हुन् ।

karan johar

करण सेरोगेसीको मद्धतले एक छोरा र एक छोरीका पिता बनेका हुन् । भारतीय मिडियाहरुका अनुसार यी जुम्ल्याहा बच्चाहरुको जन्म गत महिना फेब्रुअरी ७ मा मुम्बईको अन्धेरी स्थित मसरानी अस्पतालमा भएको थियो ।

यो त्यही अस्पताल हो जसमा बलिउडका बादशाह शाहरुख खानले पनि सेरोगेसीको माध्यमले एकपटक फेरि पिता बनेका थिए । मसरानी अस्पतालमा शाहरुखका छोरा अबरामको जन्म भएको थियो ।

स्वास्थ अधिकारी पद्यम्जा केस्करले बताए कि करणका दुवै बच्चाको रजिस्ट्रेशन शुक्रबार गरिइसकेको छ ।

खबरहरुका अनुसार बच्चाहरुको बर्थ रजिस्टेशनमा पिताको नाम करण जौहर नै लेखिएको छ भने आमाको नाम लेखिएको छैन् । करणले हालसालै सार्वजनिक गरेको आफ्नो अटोबायोग्राफी द अनसुटेबल ब्वाइमा पनि बच्चाको पिता बन्ने इच्छा व्यक्त गरेका थिए ।

उनले लेखेका थिए, ‘मलाई थाहा छैन् कि यसको लागि म के गर्नेछु तर मलाई लाग्छ कि म एक पिता बन्न चाहन्छु । मलाई थाहा छैन् कि यो कसरी हुनेछ तर मलाई यसको जरुरी छ किनभने मेरो साथमा थोरै माया प्रेम बचेको छ र म त्याे माया उसलाई दिन चाहन्छु ।’ दुर्इ बच्चाकाे पिता बनेकाे विषयमा भने करणले अहिलेसम्म मुख खाेलेका छैनन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..