Hidden
अमिताभले केबीसीमा किन सोधे नेपालबारे विवादित प्रश्न ?
भारतीय कार्यक्रम 'कौन बनेका करोडपति' (केबीसी) का प्रस्तोता हुन बलिउड सुपर स्टार अमिताभ बच्चन। पछिल्ला एपिसोडमा अमिताभले नेपालबारे प्रश्नहरु सोधिरहेका छन्।
उनले नेपालको नयाँ नक्साबारे प्रश्न गरेका छन्। उनले कुन देशले २०२०मा नयाँ नक्सा बनाएर लिपुलेक, कालापनी र लिम्पियाधुरा समेटेको छ ? भनेर प्रश्न सोधेका छन्। प्रश्नमा ती भूमिहरु भारतीय भूमि भनिएको छ। जबकी ती भूमि नेपाली रहेको ऐतिहासिक तथ्यले देखाउँछ। अमिताभले यसअघि पनि केबीसीमा भारत र नेपालको अन्तर्राष्ट्रिय सीमा सुगौली सन्धिअनुसार कुन नदीले निर्धारण गर्छ भनेर प्रश्न गरेका थिए।
अमिताभले केबीसीमा सोधेको प्रश्न भारतीय दावीमात्र हो, जसलाई नेपालले अस्वीकार गरिरहेको छ।
प्रकासित मिति
Loading...
Loading...
Loading...