आमाका लागि आमा उपहार

आमा सब्द नै काफी छ र आमालाई चिनाउनका लागि कुनै पनि परिभाषा चाहिँदैन ।
नत परिभाषाकै खाचो छ मातातीर्थको उत्पत्तिका सम्बन्धमा विभिन्न कथा प्रचलित छन् ।

मातालाई पूर्बीय मात्र होइन पश्चिमी संस्कृतिमा पनि उत्तिकै महत्वका साथ हेरिन्छ र महत्वका साथ मानिन्छ पनि । मातातीर्थ औशी भने पनि ‘मदर्स डे’ भने पनि, आमाको मुख हेर्ने दिन भने पनि आखिरमा आफुलाई जन्म दिने आमाको पूजानै यसको महत्व हो ।

यसै सन्दर्भमा आमाका लागि आमा उपहार लियर आयका छन् गायक प्रविन राजथला ले ।

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्मदिने आमा प्रती श्रद्दा ब्यक्त गर्दै र आमाहरुलाई बिभिन्न हिसाबले खुशी पारी मनाईन्छ । तर प्रविनले भने आमा बोलको गित आमाहरुकै लागि लिएर खुसि बाड्न आयका छन ।

उक्त गीतमा प्रविन को आफ्नै सब्द रहेको छ भने आँफैले नै संगीत भरेका छन् ।

सत्यराज चौलागाईको निर्देशनका साथै उक्त गितमा सवि बज्राचार्य चौलागाईं, सम्मान चौलागाईं र प्रविन राजथलाको अभिनय रहेको छ । गितको छाँयाँकनमा रामकुमार केसि र सुदिप शर्मा रहेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..