चलचित्र ‘घामपानी’को ट्रेलर रिलिज

नेपाली चलचित्र ‘घामपानी’को ट्रेलर रिलिज गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘घामपानी’मा नायिका केकी अधिकारी र नायक दयाहाङ राईको मुख्य भुमिका रहेको छ ।

Ghaamapani min

काली प्रसाद बास्कोटा र चन्द्र कुमार दोङको संगीत रहेको यस चलचित्रमा अन्तरजातिय प्रेमको कुरालाई समेटिएको छ । रामबाबु गुरुङ, विश्व गौचन, शैलेन्द्र कार्की, ओम चन्द्र रौनियार र ओम गुरुङको निर्माण रहेको यो चलचित्रको सम्पूर्ण छायाँकन सिन्धुली जिल्लामा गरिएको हो ।

चलचित्र नयाँ वर्षको अवसर पारेर २०७४ बैशाख १ गते रिलिज हुनेछ । काठमाण्डौको क्यूज हलमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको हो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..