चलचित्र ‘कथा काठमाण्डु’को घोषणा

प्रियंकासँग आयुष्मानको रोमान्स

लामो समय टेलिभिजन कार्यक्रम मार्फत आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ अब फिचर फिल्म निर्देशनमा लागेकी छिन् । म्यूजिक भिडियो, छोटा चलचित्रको निर्देशन गरिसकेपछि संगीताले ठूलो चलचित्र नै निर्माणमा हात हालेकी हुन् ।

उनले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘कथा काठमाण्डु’को आज औपचारिक रुपमा घोषणा भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ३ फरक कथामा बन्ने चलचित्रको घोषणा भयो ।

katha kathmandu

चलचित्रमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या केसी, संजोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहनेछ । चलचित्रको बिषयमा बोल्दै निर्देशक श्रेष्ठले भनिन्–‘चलचित्रमा ३ फरक–फरक कथालाई जोडेर एउटा चलचित्र निर्माण गरिनेछ ।

संभवत नेपाली चलचित्रमा यस्तो प्रयोग भएको छैन । ३ फरक–फरक फिल्म भित्रका कथालाई मिलाएर चलचित्र निर्माण हुनेछ ।’ संगीताले ३ फरक–फरक कथा भएपनि सबै कथाका पात्रसँग एक अर्काको कनेक्शन हुने पनि जानकारी दिइन् ।’उनका अनुसार, यो लभ स्टोरी चलचित्र हो ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..