अनमोल केसीको मुख्य भूमिका रहने चलचित्र ‘कृ’को छायांकन अघि नै लगानी सुरक्षित

anmol and aditi budathokiनायक अनमोल केसीको मुख्य भूमिका रहने चलचित्र ‘कृ’को छायांकन नै सुरु भएको छैन । तर, यो चलचित्रले आफ्नो लगानी सुरक्षित गरेको निर्माता सुवास गिरी बताउँछन् ।

चलचित्र १ करोड ६० लाखको बजेटमा निर्माण हुँदैछ । तर, छायांकनमा जानु अगाडि नै यसको ओभरसिज राइट्स र काठमाण्डौ बाहिरको ‘एमजी’बाट यसको लगानी सुरक्षित भएको हो ।

हाइलाइट्स नेपालले यसको डिजिटल र ओभरसिज राइट्स खरिद गरिसकेको छ भने काठमाण्डौ बाहिर पनि चलचित्रले महंगो रकम ‘एमजी’ पाएको छ ।
यसैविच, चलचित्रको प्रदर्शन मिति पनि एक साता अगाडि सरेको छ । यस अगाडि आउँदो बर्षको भदौ १६ गतेबाट यो चलचित्र रिलिज हुने बताइएको थियो । तर, अब यो चलचित्र आउँदो बर्षको भदौ ९ गतेबाट रिलिज हुने भएको छ ।

चलचित्रमा सुवास गिरी र नायक भूवन केसी निर्माताको रुपमा छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह-निर्माता हुन् । चलचित्रमा अनमोलसँगै नायिका अदिती वुढाथोकीले अभिनय गर्नेछिन् । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

२०७३ फागुन १७ गते 

Kantipath Media

यो छुट्टाउनु भो कि..