विहे नगरीकनै बच्चा पाउन चाहन्छु : अभिनेत्री सापकोटा

अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै बच्चाको चाहना भएको बताएकी छिन् । एक टेलिभिजनसँगको अन्तर्वार्तामा  अभिनेत्री सापकोटाले आफू सिंगल मदर बन्न चाहेको बताएकी हुन् ।

सापकोटाले भनिन्, ‘अहिले म विवाह चाहँदिन तर, बच्चा चाहिँ चाहन्छु ।  दुई चार वर्षमा मेरो विहे भएन भने बच्चा चाहिँ पाउँछु होला ।’

विहे नै नगरीकन पनि बच्चा पाउन सकिने उनको भनाई छ ।

विहेभन्दा आफूलाई बच्चा पाउन मन लागेको उनले बताइन् । समाज र समय विस्तारै परिवर्तन भएको बताउँदै नम्रताले सिंगल मदरको ट्रेन्ड बढेको पनि जनाएकी छिन् ।

@journalistganesh##विहे नगरीकनै बच्चा पाउन चाहन्छु : ##नम्रता सापकोटाभन्छिन् : म सिंगल मदर बन्न चाहन्छु##🤣🤣🤣🤣 🤣🤣🤣

♬ original sound – Ganesh BK

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..