चलचित्र पर्व को ट्रेलर तथा मोसन पोस्टर सार्बजनिक

काठमाडौँ -अभिनेत्री नम्रता श्रेष्ठ तथा अभिनेता कोशिस क्षेत्रीको मुख्य भूमिका रहेको दिनेश राउतद्वारा निर्देशित चलचित्र ‘पर्व’ को ट्रेलर तथा मोसन पोस्टर आइतबार काठमाडौंमा प्रिमियर गरिएको छ । 

Nepali Film parba

सुवास ईन्टरटेन्मेन्ट तथा गोपिकृष्ण टिभी फिल्मीले संयुक्त रुपमा निर्माण गरेको यो चलचित्र  सस्पेन्स/थ्रिलर शैलीको छ । पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता कोशिस क्षेत्रीलाई लेखकको रुपमा देखिन्छन् भने नम्रताले मानसिक रोगीको भूमिका निर्वाह गरेकी छिन् । यसअघि यो चलचित्रको ‘काले दाइ…’ गीत लोकप्रिय भैसकेको छ ।

समारोहमा निर्देशक दिनेश राउतले पहिलो पटक थ्रिलर र सस्पेन्स शैलीको चलचित्र निर्देशन गरेको बताए । राउतले यसअघि आइ एम सरी, नोभेम्बर रेन, क्लासिक जस्ता प्रेमकथा बोकेका चलचित्र निर्देशन गरेका थिए ।

चलचित्रमा नम्रता र कोशिससंगै माला लिम्बु, अमितेष शाह, प्रिया रिजाल, श्रीयन्स तिमिल्सिना, जेबिका कार्की आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रमा कोशिस क्षेत्री र राजनराज शिवाकोटीको संगीतका गीतहरुमा निश्चल बस्नेत, मिना निरौला, राजनराज शिवाकोटी, केतन क्षेत्री आदिको पाश्र्व गायन छ ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..