मुटु भित्र तिमीलाई सजाउने मन छ

 रचनाकार चक्र  कार्कीकाे  गित ” मुटु भित्र तिमीलाई सजाउने मन छ” प्रणय दिवसको संघारमा सार्वजनीक भरिएकाे छ ।

साहित्य संगीत तथा कला क्षेत्रको उर्वर भूमी खोटाङ जिल्ला बिजयखर्क १ माला खोटाङमा जन्मिएका गजलकार तथा गीतकार चक्र कार्की । राेजगारीकाेलागि श्रष्टा कार्की  हाल प्रवासमा कार्यरत छन् । प्रबासमा रहेर पनि साहित्य कला संगीत लाई माया गर्ने हजारौं सर्जक भित्रका एक पात्र कार्की गजल पनि उत्तिकै राम्रा लेख्ने गर्छन् ।

बि.सं. २०७२ मा प्रकाशित खोटाङे सर्जकहरुको संयुक्त गजल संग्रह “खोटाङका गजलहरुमा” पनि उनका गजलहरु पढ्न पाईन्छ । यतिबेला पदम रोकायाको संगीत प्रमोद खरेलको स्वर सनम कठायत र केकि अधिकारीको अभिनयमा म्युजिक भिडियो सहित म्युजिक नेपालले युट्युब मार्फत उन्को गीत मुटु भित्र तिमीलाई सजाउने मन छ सार्वजनिक गरेको छ ।

अब छिट्टै अर्को गीत रेकर्डिङ हुने पनि कार्कीले बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..