कुटपिट गरेको आरोपमा कलाकार पलविरुद्ध उजुरी

Pal Shah

नायक पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ ।

Pal Shahम्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको भन्दै शाहविरुद्ध अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् ।

प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् ।

धरानमा पललाई लोकेसन हेर्नेदेखि सबै काममा आफूले सहयोग गरेको तर आफूमाथि नै आक्रमण भएपछि उजुरी हाल्न बाध्य भएको उनको बताएका छन ।

उजुरी परेपछि प्रहरीले शुक्रवार दुवै पक्षलाई छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..