अभिनेत्री फातिमाले लिइन् सामाजिक सञ्जालबाट ब्रेक

पछिल्लो समय सामाजिक सञ्जाल हरेक मानिसको जिन्दगीको एक महत्वपूर्ण हिस्सा बनेको छ । सेलिब्रेटी पनि आफ्नो जीवनको उतारचढाव सामाजिक सञ्जालमार्फत शेयर गर्ने गर्दछन् ।

केही समय पहिले अभिनेता आमिर खान र अभिनेत्री वरीना हुसेनले सामाजिक सञ्जालबाट आफुलाई अलग बनाएका थिए । अहिले भने अभिनेत्री फातिमा सना शेखले सामाजिक सञ्जालबाट आफुलाई अलग बनाएकी छन् ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले सामाजिक सञ्जालबाट टाढा भएको जनाएकी हुन् ।

उनले इन्स्टाग्राम स्टोरीमा आफुले सामाजिक सञ्जालबाट ब्रेक लिएको लेखेकी छन् । जसमा उनले क्यानलाई सुरक्षित रहन समेत अनुरोध गरेकी छन् । उनको पोष्टलाई देखेर फ्यान हैरान छन् । उनीसँग विभिन्न प्रश्न गरिरहेका छन् ।
कामको कुरो गर्ने हो भने अभिनेत्री पछिल्लो समय फिल्म ‘अजीव दास्तान्स’ देखिएकी छन् ।

फिल्म नेटफ्लिक्समा रिलिज भएको छ । यसको अलवा अभिनेत्री फिल्म लुडो, दंगल र सुरज पे मंगल भारीमा पनि देखिएकी थिइन् ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..