Hidden
फोटोशुटका कारण प्रहरीले समात्यो यी युवतीलाई
फोटोशुटका कारण एक मोडल र उनका फोटोग्राफरलाई प्रहरीले पक्राउ गरेको छ। इजिप्टमा उनलाई सोमबार पक्राउ गरिएको मिडिल इस्ट आइले जनाएकाे छ।
फोटोमा फोटोग्राफर हौसम मोहम्मदले खिचेका तस्विरहरुमा मोडल सलमा अल शिमी फरोहजस्ता देखिने परम्परागत गहना र घुँडामाथिसम्मको कपडामा देखिएकी थिइन। तस्विरहरु राजधानी कायरोबाट ३० किलोमिटर टाढा रहेको साकारा नेक्रोपोलिस क्षेत्रमा पिरामिडको पृष्ठभूमिमा खिचिएका छन्।
यी दुईलाई बिना अनुमति साकारा पुरातात्विक क्षेत्रमा फोटोशुट गरेको आरोपमा पक्राउ गरिएको हो ।
मिडियाले ती मोडलका तस्वीरलाई ‘उत्तेजक र आपत्तिजनक’ भनेपछि सामाजिक संजाल विभाजित भएको थियो।
एक दिन हिरासतमा राखेर उनीहरुलाई ५ सय इजिप्सियन पाउण्ड धरौटीमा छाडिएको छ। उनीहरुविरुद्धको मुद्दा भने जारी रहनेछ।
प्रकासित मिति
Loading...
Loading...
Loading...