Hidden
अश्लिल भिडियो सुट गरेको आरोपमा पूनम पाण्डे पक्राउ
काठमाडौँ । बलिउड अभिनेत्री पूनम पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोवाको कैनकोना गाउँको चापोली बाँधमा अश्लिल भिडियो सुट गरेको आरोपमा पाण्डेलाई प्रहरीले हिरासतमा लिएको हो ।
उक्त भिडियो सुटबाट अश्लिलता फैलाइएको, गोवाका समग्र महिलाहरूमाथि नै हमला भएको तथा राज्यको नै बेइज्जत भएको भन्दै पाण्डेविरुद्ध गोवा फरवार्ड पार्टीको महिला विभागले उजुरी दर्ता गरेको थियो ।
त्यसपछि गोवा प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । हाल प्रहरीले उनीसँग सोधपुछ गरिरहेको जनाएको छ ।
पाण्डे हट फोटो तथा भिडियोका कारण पटकपटक विवादमा तानिँदै आएकी छन् ।
उनी मिडियामा पनि त्यतिकै चर्चामा आउँछिन् ।
यसअघि पूनमले हनिमुनको समयमा नै श्रीमान श्याम बाम्बेले कुटपिट गरेको भन्दै उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले बाम्बेलाईसमेत पक्राउ गरेको थियो ।
प्रकासित मिति
Loading...
Loading...
Loading...