भ्वाइस अफ नेपालका चर्चित गायक इन्स्पेक्टर खनालको ‘शिव ताण्डव’ सार्वजनिक

prithwi news

prithwi news

सशस्त्र प्रहरी निरीक्षक पृथ्वी खनालले ‘शिव ताण्डव’ गीतको भिडिओ बजारमा ल्याएका छन्। ‘द भ्वाइस अफ नेपाल सिजन-२’ बाट नेपाली सांगीतिक आकाशमा उदाएका गायक पृथ्वी खनालले फरक शैलीमा ‘शिव ताण्डव’ गीत बजारमा ल्याएका हुन्।

गीतमा गायक पृथ्वी खनालको स्वर र देवेश राईले संगीत संयोजन गरेका छन्। भिडियोमा पृथ्वी र स्वजन रघुवंशीलाई मूख्य भूमिकामा देख्न सकिन्छ। पृथ्वीले भगवान शिवको पूजारीको भूमिका निर्वाह गरेका छन्। ‘शिव ताण्डव’ महाशिवरात्रीको अवसरलाई मध्यनजर गरी ल्याइएको हो।

ज्योति प्रोडक्सनले उत्पादन गरेको उक्त भिडियो ग्रीष्मा भट्टको निर्माण, पिटर गुरुङको छायांकन, विष्णुहरि तिमल्सिनाको सम्पादन र आरसी रिमालको सहायक निर्देशन पृथ्वी खनालको कथा निर्देशनमा बनाइएको छ।

Kantipath Media

यो छुट्टाउनु भो कि..