नायिका कार्कीको बेबीबम्पको नयाँ तस्बिर

नायिका प्रियंका कार्की विवाद र चर्चामा बारम्बार आउने अभिनेत्री हुन् ।

उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरले समेत चर्चा पाउने गरेको छ ।

पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी छन् ।

सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् ।

हालै इन्स्टाग्राममा उनले एक बेबीबम्पवाला तस्बिर पोष्ट गरेकी छन् ।

जसले सबैको ध्यान खिचेको छ । तस्बिरमा उनले हातमा गिलास लिएर जुस पिइरहेकी छन् भने गर्भवती भुँडीमा गिलासमा जुस पिइरहेको पिक्चर मेकअप गरिएको छ ।

उनको यो तस्बिर पति आयुष्मान देशराज जोशीले पनि शेयर गरेका छन् ।

तस्बिर उनले विदेशी नक्कल गर्दै बनाएकी हुन् । साथै तस्विरकाे पाेजकाे समेत चाेरी गरेकाे अाराेप लगाउनु भएकाे छ ।

तस्बिरका कारण उनी ट्रोलको निसानामा समेत परेकी छन् ।

कतिपयले उनको तस्बिरलाई राम्रो भनेका छन् भने कतिले उनले सामाजिक मर्यादा उलङ्घन गरेको आरोप समेत लगाएका छन् ।

जसले एकैसाथ गाली र प्रशंसा दुबै पाइरहेको छ ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..