Hidden
‘सरौतो’ को प्रोमोशनल गीत गाए 'भिटेन'ले
नेपाली चलचित्र ‘सरौतो’को प्रोमोसन गीत र्यापर भिटेन (समिर घिसिङ) ले गाएका छन् । उक्त गीतमा भिटेनकै शब्द तथा संगीत सुन्न सकिन्छ ।
तिहार पारेर छायांकन गरिएको गीतमा भिटेनलाई फरक रुपमा देख्न सकिनेछ । गीतको भिडियोमा भिटेन सँगसँगै नायिका सुमी मोक्तानको पनि अभिनय रहनेछ ।
‘सरौतो’ मा सुमी मोक्तान, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्यांक, विजय लामा, धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल लगायतका कलाकारले अभिनय गरेका छन् ।
एक्सनप्रधान यो चलचित्रमा रिभेन्जको कथा देखाइएको छ । फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रविण मानन्धरको कलर, ब्याकग्राउण्ड स्कोर ग्लिटर स्टूडियो, शंकर महर्जनको एक्सन देख्न सकिन्छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...