annapurna add

काठमाडौं । नायिका पूजा शर्मा ट्रोलको शिकार बनेकी छिन् । नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको छ ।

hot puja sharmaप्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन् ।

उनलाई पत्रकार सुवेदीले सोधेका थिए – नेपालमा यतिखेर कतिवटा प्रदेश छन् ? यसको जवाफमा कलाकार पूजा शर्माले ७२ वटा भएको भन्दै अकमकाएकी थिइन् ।

यो प्रश्नको उत्तर दिन नसकेपछि उनलाई सुवेदीले नेपालमा कतिवटा जिल्ला छन् भनेर प्रश्न सोधेका थिए ।
पूजाले नेपालमा १४ वटा जिल्ला भएको उत्तर दिएकी थिइन् ।

यो भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ भने नेपाली कलाकारको अज्ञानतामाथि पनि प्रश्न उठाइएको छ ।

प्राइम टिभीको युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडियो हटाइएको छ ।

भिडियो किन हटाइयो भन्ने खुलाइएको छैन ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर