annapurna add

bjp sees rajnikants remark

तमिल सिनेमामार्फत भारतमा निकै चर्चित बनेका रजनीकान्तले बिहीबार पत्रकार सम्मेलनमा बोल्दै आफूले नयाँ पार्टी खोल्न लागेको घोषणा गरेका छन् । उनको पार्टीको औपचारिक घोषणा भने डिसेम्बर ३१ मा हुने छ । भारतको तमिलनाडु राज्यमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र चुनावी प्रतिस्पर्धामा उत्रने जनाएका हुन् ।

‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौं । जनवरीमा दर्ता भएपछि त्यसले काम गर्न थाल्ने छ । त्यसमार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौं,’ रजनीकान्तले भने । उनले पार्टी खोल्ने निर्णयमा पुग्नुअघि धेरै जनासँगै आवश्यक परामर्श गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् ।

‘मैले पटकपटक विभिन्न व्यक्तिहरूसँग छलफल गरें । उहाँहरूको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,’ उनले भने । आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको रजनीकान्तको भनाइ छ । तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधानसभा निर्वाचन हुँदै छ ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...