annapurna add

viten

चर्चित र्‍यापर समिर घिसिङ (भिटेन) पक्राउ परेका छन् । अश्लील गीत गाएको आरोपमा उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।भिटेनलाई महानगरीय अपराध महाशाखाले जावलाखेलबाट पक्राउ गरेको एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । अश्लील गीतहरू गाएको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

केही दिनअघि मात्र तिहारको गीतमा गाँजा र रक्सी प्रमोट गरेको भन्दै प्रहरीले दुर्गेश थापालाई पक्राउ गरेको थियो । उनले सो गीत युट्युबबाट हटाउने सहमति जनाएपछि उनी रिहा भएका थिए । सो गीतमा गाँजा र रक्सीको शब्दमा बिप गरेर थापाले पुनः युट्युबमा राखेका छन् ।दुर्गेश थापालाई पक्राउ गरेपछि प्रहरीले भिटेनलाई पनि खोजिरहेको थियो ।

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...