annapurna add

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

‘पारा’ गीतमा गलत शब्द प्रयोग भएको स्वीकारे भिटेनले, मागे माफी (विज्ञप्तिसहित)

र्‍यापर भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई प्रहरी प्रधान कार्यालको पत्र

vtennewsगीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश दिएको हो ।

भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको 'पारा' भिडियाे आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखिएको थियाे।

आपत्तिजनक शब्द प्रयोग गरेर ‘पारा’ गीत सार्वजनिक गरेपछि प्रहरीको खोजीको सूचीमा रहेका गायक समिर घिसिङ ‘भिटेन’ले माफी समेत मागेका हुन् । गीतमा प्रयोग भएका शब्दको विषयलाई लिएर बिभिन्न विवाद भएपछि भिटेनले सामाजिक सञ्जाल मार्फत एक विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेका थिए ।

साथै, प्रेस विज्ञप्ति समेत जारी गरेर गीतलाई संशोधनपछि पुनः राखिने पनि जनाएका थिए । त्यहीबीच उनले अदालतमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिए ।

यसअघि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा प्रहरीलाई गालीलगौज गरेको आरोपमा उनलाई महाशाखाले गत वर्ष ७ कात्तिकमा पक्राउ गरेको थियो ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा उनलाई साधारण तारखेमा छाडिएको थियो ।

छुटे ‘हामी यस्तै त हो नि ब्रो’ भिटेन

र्‍यापर भिटेन र शिल्पाको प्रेम सम्बन्ध...

'भिटेन' पक्राउ परेपछि कसले के भने ?

चर्चित र्‍यापर भिटेन पक्राउ

‘सरौतो’ को प्रोमोशनल गीत गाए 'भिटेन'ले

प्रकासित मिति

Loading...
Loading...

 

Loading...