प्रहरीमाथि रेखा थापाको गम्भीर आरोप

नायिका रेखा थापाले चैत्र ७ गते भएको झडपमा प्रहरीले महिलालाई छानिछानि पिटेको आरोप लगाएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा झडपमा घाईते महिलाहरुको तस्विर सेयर गर्दै प्रहरीले महिलालाई दमन गरेको भन्दै प्रहरीको यस्तो व्यवहार प्रति भत्सना गरेकी छिन् ।

rpp jhadap min

रेखाले राप्रपा नेपालको शान्तिपूर्ण निर्वाचन आयोग घेराउ कार्यक्रममा भएको झडपले हिन्दुराष्ट्र, राजसंस्था सहितको प्रजातन्त्रको अभियानलाई झनै बलियो बनाउने पनि उल्लेख गरेकी छिन् ।

राप्रपाको केन्द्रिय सदस्य समेत रहेकी नायिका रेखा थापा भने कामको शिलशिलामा राजधानी बाहिर थिईन । पार्टीको विधानबाट निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोधमा हिजो दिउँसो कान्तिपथमा प्रहरी र राप्रपा नेपालका कार्यकर्ता बिच झडप भएको थियो । झडपमा पार्टीका अग्रज नेता पशुपति शम्सेर जबरा, गायिका कोमल ओली लगायत कार्यकर्ताहरु घाईते भएका थिए ।

(तस्बिर : साभार)

Kantipath Media

यो छुट्टाउनु भो कि..