annapurna add

rihannaगायिका रिहाना विवाद तानिएकी छन् । ट्विटरमा रिहानाले टपलेस फोटो सार्वजनिक गरेपछि उनी विवादमा तानिएकी हुन् । रिहाना टपलेस फोटोका कारण आलोचनाको शिकार भएकी होइनन् । उनले, भगवान गणेशको पेन्डेन्ट लगाएकी छिन् ।

भगवानको पेन्डेन्ट लगाएर टपलेस फोटो सार्वजनिक गरेको भन्दै भारतमा उनको आलोचना भैरहेको छ ।रिहानाले हिन्दु धर्ममाथि नै प्रहार गरेको भन्दै उनको ट्विटर एकाउन्ट बन्द गर्न भारतीयहरुले माग गरेका छन् ।

रिहानाले विवाद खडा गर्नकै लागि यो तस्वीर खिचाएको र गणेश भगवानको पेन्डेन्ट लगाएको आरोप समेत केही ट्विटर प्रयोगकर्ताले लगाएका छन् ।केही प्रयोगकर्ताले रिहानाले माफी माग्नुपर्ने माग समेत गरेका छन् । तस्वीर हटाएर माफी नमागेको खण्डमा कडा कदम चाल्ने चेतावनी समेत केही प्रयोगकर्ताले दिएका छन् ।

केही दिन अगाडि सामाजिक संजाल ट्विटरबाट भारतमा चलिरहेको किसानको आन्दोलनलाई समर्थन गरिन् । यसपछि, उनको चर्चा भारतमा खुबै भयो । बलिउडका कलाकारहरुले रिहानाको ट्विटमा प्रतिक्रिया जनाए ।


उनै, रिहानाले फेरि एक टपलेस तस्वीर सार्वजनिक गर्दै ट्विटरमा चर्चा बटुलिरहेकी छिन् । रिहानाको तस्वीर भारतमा निकै चर्चामा छ ।-दृष्टिबाट/File Photo

प्रकासित मिति

Loading...
Loading...

 

Loading...