सलमानलाइ किन छाडिन् सेट्टीले ?

एजेन्सी । सलमान खानको बिजनेसको खुब चर्चा हुन्छ। किनभने बिजनेसमा उनको ठूलो लगानी छ।

Salman Khan and Reshma Setti

 सलमानको बिजनेस सम्पूर्ण रूपमा सम्हाल्दै आएकी छिन्, रेश्मा सेट्टीले । सेट्टी सलमानको बिजनेस म्यानेजर हुन्। तर, उनी ९ वर्षदेखिको जिम्मेवारी त्यागेर सलमानबाट अलग भएकी छिन्। अब सलमानको बिजनेस उनको परिवारले सम्हाल्ने बताइएको छ।

एक स्टेटमेन्ट जारी गर्दै सलमानले यसबारे जानकारी दिएका छन्। सेट्टी मेट्रिक्स कम्पनीमार्फत सलमानको म्यानेजरका रूपमा काम गर्न आएकी थिइन्। सलमान र मेट्रिक्सबीचको सम्झौता सकिएपछि उनको जिम्मेवारी पनि सकिएको हो।

सलमानले फिल्मसँगै साइड बिजनेसमा पनि हात हालिरहेका छन्। उनी ई–बाइसाइकल र जिम इक्युप्मेन्ट्सको बिजनेस लन्च गर्ने तयारीमा रहेको बताइएको छ। नयाँ पत्रिकाबाट

Kantipath Media

यो छुट्टाउनु भो कि..