“संगैका साथी” सार्वजनिक (भिडियोसहित)

गीत संगीत प्रेमीहरुले बिष्णु खत्रीको नाम नसुनेको कमै होलान् । सांगीतीक क्षेत्रमा चिरपरिचित नाम हो बिष्णु खत्री । बिष्णु खत्री गाउन मात्र हैन सृजनामा पनि अब्बल मानिन्छन् ।

उनले गाएका गीतहरु भरिया दाई, किशानी दाई, सुनको जलप, कि सास चाहियो कि लाश चाहियो, जम्मु काश्मिरमा, दुना टपरी लगायत थुप्रै गीतहले लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल भएका थिए ।

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ सांगीतीक कोसेली “संगैका साथी” भिडियो सहित सार्वजनिक भएको छ । यस गीतमा बिष्णु खत्री र जुना श्रीस मगरको स्वर रहेको छ भने बिष्णु खत्री कै शब्द, संगीत रहेको छ ।

होम गुरुङको निर्देशन रहेको गीतमा दुगौ पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा लोमश शर्मा र रुबिना अधिकारीको अभिनय रहेको छ भने अतिथी कलाकारको भुमिकामा सारिका केसी रहेकी छिन् ।

सो गीतको भिडियो बिष्णु खत्रीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..