Hidden
भारतमा फेरी २६ वर्षकी कलाकारले गरिन् आत्महत्या
काठमाडौ । भारतमा पछिल्लो समय कलाकारहरुको निधनका खबर लगायता आइरहेका छन् ।
आन्ध्रप्रदेशमा तेलुगु टिभी धारावाहिककी एक अभिनेत्रीले आफ्नो घरमा देह त्याग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सुशान्तको आत्महत्यापछि पूर्वप्रेमिका अंकिताले प्रतिक्रियामा बोलिन् मात्र एक शब्द 'के'
आन्ध्रप्रदेशकी मूल निवासी २६ वर्षकी श्रावसीलाई मंगलबार पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
परिवारले तत्काल अस्पताल लगेको भएपनि चिकित्सकले उनलाई बचाउन सकेनन् । प्रहरीका एक अधिकारीले बताए अनुसार अभिनेत्रीलाई काकिनाडाका एक व्यक्तिले तनाव दिइरहेका थिए जसका कारण अभिनेत्रीले यस्तो निर्णय लिन बाध्य भएको आमाबुवाले बताएका छन् ।
परिवारका सदस्यले ति पुरुष बिरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।
अधिकारीका अनुसार मंगलबार राती आफ्नो आमा–बुवासँग कुरा गरेपछि श्रावणी कोठामा गएकी थिइन् । लामो समय सम्म पनि उनी बाहिर ननिस्किएपछि परिवारका सदस्यले बोलाउँदा पनि उनी बोलिनन् ।
ढोका फो रे र परिवारका सदस्य भित्र जाँदा उनलाइ झुण्डिएको अवस्थामा फेला पारेका थिए । तत्काल अस्पताल लिएर गएको भएपनि उनलाई बचाउन नसकेको परिवारका सदस्यले बताएका छन् ।
श्रावणीले थुप्रै टेलिभिजन धारावाहिकमा अभिनय गरेकी छिन् र तीमध्ये केहीमा उनको काम पनि भइरहेको थियो । उनका आमाबुवाले अभिनेत्रीसँग परिचित काकीनाडाका एक व्यक्तिमाथि कानुनी कारवाहीको लागि प्रकृया थालेका छन् ।
प्रकासित मिति