Hidden
मन्त्रीका छोराहरूले कसे लगनगाँठो
हिजो मंसिर २२ गते धेरैले लगनगाँठो कसे । क्याबिनेट मन्त्रीहरूमध्ये स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र गृहमन्त्री रामबहादुर थापा बादलका छोराहरूले पनि हिजै बिहेको साइत जुराए ।
हिजोदेखि सासुु ससुरा र सम्धी सम्धिनी बनेका ढकाल र श्रीमती इन्दिराको बिबाह २०४९ सालमा स्वर्गीय मनमोहन अधिकारीको प्रमुख आतिथ्य र मदन भण्डारीको उपस्थितिमा भएको थियो ।
गृहमन्त्री थापाका छोरा तथा निजी सचिव प्रतिक थापाले पनि हिजै पोखराबाट बुद्ध एअर चढाएर काठमाडौंमा बेहुली भित्र्याएका छन् । दुलही लिन मन्त्रीका बाउ-छोरा जहाजमै गएका थिए ।
नायिका स्वेता खड्काले कसिन् लगनगाँठो
नायिका स्वेता खड्का वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् । बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्विकार गर्लान् ? भन्ने प्रश्न पनि सोधेकी थिइन् ।
स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’ स्वेता नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, करिब एक महिनापछि २०७१ साल साउन २५ गते उनको उपचारका क्रममा भारतमा निधन भएको थियो । स्वेताले ‘कहाँ भेटिएला’, ‘श्रीमान् श्रीमती’, ‘हासी देउ एक फेर’, ‘कोहिनूर’, ‘कान्छी’ जस्ता चलचित्रहरुमा अभिनय गरेकी छिन् ।
रमेश प्रसाईले कसे नन्दासँग लगनगाँठो
गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको पार्टी प्यालेसमा आयोजना भएको थियो ।
बिवाह समारोहमा दुबै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो । ३ वर्षको प्रेम सम्बन्धलाई रमेश र नन्दाले विवाहमा परिणत गरेका हुन् । नेपाली परम्पराअनुसार बिवाह गरेका रमेश र नन्दा बैवाहिक समारोहमा निकै खुसी देखिन्थे ।
राजनीतिक टिप्पणी गर्न पनि माहिर रमेश अहिले चर्चामा पछि छन् । उनको स्वर ‘रिंकेबुङको राँगो’ को बोलको गीत अहिले टिकटक, सामाजिक सञ्जालदेखि चारैतिर भाइरल भैरहेको छ । रमेश लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा समेत आबद्ध छन् भने नन्दाले काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन् ।
प्रकासित मिति